समाचार

पेस्तोल सहित हाकिमलाई हतकडी

काठमाडौं । धनुषाबाट प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । जनकनन्दिनी गाउँपालिका–१ मल्हनिया बस्ने २२ वर्षीय हाकिम राईनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले सोमबार राईनको घर तलासी गरेको थियो । कोठाभित्र झोलामा लुकाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।