समाचार

दुनियाँको सबैभन्दा ह्यान्डसम प्रधानमन्त्री को ?

काठमाडौं । ईन्टरनेटमा अनेकथरीका वेबसाईटहरु पाईन्छन् । विभिन्न बेबसाईटहरु विभिन्न आश्चर्यजनक कुराहरु प्रशारण तथा प्रकाशन गर्दै आएका छन् । यसै क्रममा एक अंग्रेजी बेबसाईटले दुनियाँका सबैभन्दा ह्यान्डसम अर्थात सुन्दर राष्ट्रप्रमुखहरुको सूचि सार्वजनिक गर्दै आएको छ ।

हटेस्टहेड्सअफस्टेट डट कम नामक बेबसाइटले यसबर्ष पनि सुन्दर प्रधानमन्त्रीहरुलाई रेटिङका आधारमा ह्यान्डसमको सूचिमा राखेको छ । उक्त बेबसाइटमा उल्लेख भए अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ड्रडो पहिलो नम्बरमा छन् । त्यस्तै स्पेनका राष्ट्रप्रमुख पेद्रो साञ्चेज दोस्रो र भुटानका राज जिगमे खेसर तेस्रो स्थानमा रहेका छन् ।

पाकीस्तानमा सामाजिक सञ्जालमा भावी प्रधानमन्त्री इमरान खान बने भने उनीनै विश्वकै सुन्दर प्रधानमन्त्री हुनेछन् भन्ने चर्चा चलिरहेको छ । फेसबुक तथा ट्वीटरहरुमा पाकीस्तानबाट यसबारे विभिन्न अभिव्यक्तीहरु आईरहेका छन् । क्यानडा, स्पेन तथा भुटानलाइ अब भुल्नुस्, अब संसारकै उर्जाशील अनि सुन्दर प्रधानमन्त्री इमरान खान हुन्, पाकीस्तानबाट एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ।

पाकीस्तानका भावी प्रधानमन्त्रीका रुपमा पूर्व क्रिकेटर समेत रहेका इमरान खानलाई हेरिएको छ । उनको पार्टीले निर्वाचनमा भारी मत ल्याएको छ । -बिबिसी हिन्दीको सहयोगमा