अन्तर्राष्ट्रिय

हप्ता दिनमा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्र्किएका छन् ।

उनीहरु ती दुई छिमेकी देशबाट गत जुलाई २९ देखि अगष्ट ४ सम्ममा स्वदेश फर्र्किएका आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी, आइओएमले जनाएको छ ।

उक्त एजेन्सीले मङ्गलबार विज्ञप्तिमार्फत जनाएअनुसार १९ हजार ५१३ जना अफगान शरणार्थी इरानबाट स्वदेश फर्र्किएका हुन् । तर यो सङ्ख्या भने अघिल्लो हप्ताको तुलनामा ५ प्रतिशत मात्र हो ।

यसरी फर्र्र्किएकोमा अधिकांश इरानबाट आएका छन् । उक्त एजेन्सीले दिएको जानकारीअनुसार पाकिस्तानबाट यस अवधिमा ९५४ जना अफगान शरणार्थी स्वदेश फर्र्किएका छन् ।

अघिल्लो हप्ता पाकिस्तानबाट १३७ जनामात्र फिर्ता भएकोमा यस अवधिमा भने पाकिस्तानबाट फर्किएका शरणार्थीको सङ्ख्या निकै धेरै हो ।

यसरी फर्र्किएका शरणार्थीहरुलाई आइओएमले खाना र अरु आधारभूत आवश्यकताका विषयमा सहयोग उपलब्ध गराउने गरेको छ ।

अफगानिस्तान छोडेर शरणार्थीका रुपमा छिमेकी देशमा रहेका करिब ४ लाख ६३ हजार जना अफगान नागरिक यस वर्षमात्र स्वदेश फर्किएका उक्त एजेन्सीले सो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।