पु.समाचार

नेपाल चीन रेलमार्गको पहिलो खुड्किलो तयार, कहिले आउछ रेल ?

काठमाडौं । चीन र नेपाल जोड्ने रेलमार्गबारेको सम्भाव्यता अध्ययन सकिएको छ । अध्ययन सकिएपछि चिनीया पक्षले रेलमार्ग तयार गरेको हो । चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले रेलमार्गको सम्भाव्यता अध्ययन तयार पारेको छ ।

उक्त रिपोर्टबारे जानकारी लिन नेपाली टोली अर्को महिना चीन जाने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसहितको टोली भाद्र ४ गते चीन जाने तयारीमा रहेको रेल्वे विभागले जनाएको छ ।

रेलमार्गको सम्भाव्यता अध्ययनको प्राम्भिक खर्च चिनिया पक्षले व्यहोरेको छ । उक्त प्रतिवेदनले रेलमार्गलाई कसरी अगाडी बढाउने भन्नेबारे सहयोग प्रदान गर्ने बताईएइएको छ । नेपाली पक्षले पनि सम्भाव्यता अध्ययन गरिसकेपछि रेलमार्ग निर्माणको थालनी गरिने बताईएको छ ।