राजनीति

एटम बमबारे प्रधानमन्त्री ओलीले यसो भने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हातहतियार विश्वकै लागि खतरानाक भएको बताएका छन् । ७३ औं हिरोसिमा स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वमा कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा नरहेको बताएका हुन् ।

“आणविक हतियार विश्वकै घातक छ, कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्रीले भने, “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।”

आणविक हातहतियार दुरुपयोग गरिए विश्व ध्वस्त नहुने कुराम दुईमत नरहेको भन्दै उनले भने, “यो तयार गरेपछि प्रयोग गर्ने कौतुहलता कसैको दिमागमा होला, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ ।”

आफू सदासर्वदा मानवजातिको हितमा लाग्ने उनको भनाई थियो । नेपाल शान्तीको देश उपनामले विश्वमै चिनिएकाले सबैले शान्तीको अभियानमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । “मेरा लागि देश र जनता सर्वोपरी हुन्, देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”, ओलीले भने ।