समाचार

नेपाली भूमिमा भारतको दादागिरीः दशगजा मिच्दैँ, धमाधम सडक बनाउदैँ

काठमाडौं । भारतीय पक्षले नेपाली भूमिमा मनपरी ढङ्गबाट सडक निर्माण गरिरहेको छ । कञ्चनपुरको दशगजा क्षेत्रमा अनुमती विना धमाधम सडक निर्माण गरिरहेको हो । भिमदत्तनगरपालिकमा पर्ने ब्रह्मदेव क्षेत्रमा नेपालीमा भूमि मिच्दैँ सडक विस्तार गरेको छ ।

सो क्षेत्रमा पर्ने ३ नम्बर सीमास्तम्भ हराएको छ । त्यसैले दुवै पक्षले महाकाली नदीको बाँधलाई दशागजा क्षेत्र मान्दै आएका छन् । तर यता स्थानियबासी भारतीय पक्षलाई लगाएको आरोप अनुसार भारतीय पक्षले नेपाली भूमि मिचर सडक विस्तारको काम गरिरहेको छ ।

महाकाली नदीमा आएको बाढीले त्यसक्षेत्रमा रहेको सिमास्तम्भ बगाएपछि भारतीय पक्षले नेपालीलाई बेलाबेलामा दुःख दिने गरेको छ । भारतको दादागिरीले स्थानिय आक्रोशित बन्दै आएका छन् । भारतीयको हस्तक्षेपबारे स्थानिय प्रशासन तथा सम्बन्धित सरकारी निकायलाई जानकारी गराएपनि सरकारी निकाय भन्ने मौन रहेको स्थानिय गुनासो रहेको छ ।

नेपाली पक्षका विकास निर्माण कार्यमा भारतकातर्फबाट पटकपटक अवरोध सिर्जना हुदैँ आएको छ ।