राजनीति

आचार्यको १३ औ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरिने

काठमाडौं । नेपाली कांग्रेसका नेता बिष्णु आचार्यको १३ औ दिनको पुन्य तिथिमा पार्टीले श्रद्वाञ्जली सभा गर्ने भएकोछ । प्रजातान्त्रिक आन्दोलनका योद्धा मानिने नुवाकोटका नेता आचार्यको नेपाली कांग्रेस क्षेत्र नम्बर २ नुवाकोटले श्रद्धाञ्जली सभा गर्ने जनाएको हो ।

नेता आचार्यको राजधानीमा श्रद्वाञ्जली सभा गरिने पार्टीले जानकारी दिएको छ । पार्टी सभापती शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा राजधानीको माछापोखरीस्थित नागार्जुन पार्टी प्यालेसमा कार्यक्रम गर्न लागिएको कांग्रेस क्षेत्र नं. २ नुवाकोटका सचिव यादव नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

आचार्य आदर्श व्यक्तीको रुपमा चिनिन्छन् ।