बाग्मती

दुर्घटनामा मृत्यु

नुवाकोट । पासाङल्हामु मार्गअन्तर्गत ककनी गाउँपालिका–१ चिसोधारामा बालुवा लिएर काठमाडौंँ जाँदै गएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बा ५ ख ४५३७ नंको टिपर गए राति सडकदेखि ३०० मिटर तल खस्दा टिपरका सहचालक गोरखाको अजिरकोट गाउँपालिका – ३ का १९ वर्षीय मेखराज गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते गुरुङको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शिवपुरी गाउँपालिका–७ का ३२ वर्षीय चालक शेषमान तामाङ र टिपरमा सवार शिवपुरी गाउँपालिका–६ का २८ वर्षीय रोशन तामाङ गम्भीर घाइते भएकामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सांँघुरो सडकमा बाटो च्याप्ने क्रममा टिपर सडकबाट खसेको प्रहरीले जनाएको छ ।