समाचार

आफ्नै डेरामा यौनधन्दा चलाएर ब्रह्मलुट मच्चाउने प्रिया र मन्दिरा प्रहरी नियन्त्रणमा

काठमाडौं । राजधानीबाट यौनव्यावसायी पक्राउ परेका छन् । राजधानीका विभिन्न स्थानमा भाडामा फ्लाट लिई यौन धन्दा संचालन गराई रहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले दुईजनालाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दुई जना युवतीले एक युवतीलाई जर्बजस्ती ललाईफकाइ पैसाको प्रलोभन देखाएर परपुरुषसँग यौनसम्पर्क गर्न लगाउने गरेको खुलेको छ । उनीहरुले आफ्नै डेरामा परपुरुषसँग यौन सम्पर्क गर्न लगाएर मोटो रकम असुल्ने गरेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा २८ बर्षीय प्रिया श्रेष्ठ र १८ बर्षीय मन्दिरा तामाङ तितुङ रहेका छन् । उनीहरुविरुद्व मानव बेच बिखन ऐन अन्र्तगत रहेर मुद्वा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।