आर्थिक

लक्ष्मी बैंकको ९६ औँ शाखा मनमैजुँमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज काठमाडौं उपत्यका भित्र आफ्नो १८औं शाखाको रुपमा काठमाडौंको मनमैजुँमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु २.६ अरब भन्दामाथिको लघुकर्जा सुविधाप्रदान गरेको छ ।

साथै बैंकको सहायककम्पनीलक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपालधितोपत्रबोर्डबाट इजाजतलिई विभिन्नमर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालनगर्नुका साथै बैंकको प्रवद्र्धनमालक्ष्मीभ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नामकम्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७४/७५ मा रु. ६७ं.७४ अरब निक्षेप र रु.६२ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.८१.३३ अरब रहेको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।