समाचार

भक्तपुरमा दुई जना मंगोलियन अपहरणकारी मारिए, बालकको हत्या भएको खुलासा

काठमाडौं । भक्तपुरमा दुई जना आतंककारीको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेका प्रहरी र आंतङ्ककारीबीच मुडभेड हुदाँ उनीहरु मारिएका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार इन्काउन्टरमा मारिएका अपरहणकारीहरु मंगोलिन जस्ता देखिन्छन् । घटना भक्तपुरको डोलेश्वरमा भएको थियो । घटनास्थलबाट पेस्तोल, गोली र मोबाईल बरामद गरिएको छ ।

यता, अपहरणमा परेका ११ बर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।