सामाजिक सञ्जाल

काँग्रेस नेता भण्डारीको हिन्दीमा भाषण गर्ने अध्यक्ष दहाललाई प्रश्न, के तराई बिकासको जिम्मा भारतको हो ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी नेकपाका अध्यक्ष पुष्पकमलप्रति खरो रुपमा उत्रिएका छन् । नेपाल बिद्यार्थी संघका पूर्ब केन्द्रीय अध्यक्ष, पूर्ब साँसद समेत रहेका भण्डाी नेकपा अध्यक्ष दहालले आईतबार प्रदेश नम्बर २ स्थीत बाह्रा जिल्लामा हिन्दी भाषामा भाषण गरेको समाचार आएपछि उक्त भाषणलाई ईकित गर्दै उनीप्रति आक्रोशीत भएका हुन् ।

नेता भण्डारीले भारतप्रति अध्यक्ष दहाल निकै नरम हुनुपर्ने र जनतालाई भारतले आफूलाई बोलाएको र उक्त टभेटघाट मिल्दा तराईको बिकासको कुरा गम्भीर भएर गर्छु भन्ने कुरामा समेत उनले अध्यक्ष दहालप्रति तीखो प्रहार गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्,

नेपाल कम्युनिष्ट पार्टीका दोश्रा अध्यक्ष प्रचण्डजी बाराको कार्यक्रममा कुन भाषामा बोल्नु भयो भन्दा, प्रचण्डजी लाइ हिन्दी भाषा बोल्न आउँदो रहेछ खुशीको कुरा हो । तर जनतासंग “मलाइ भारतले बोलाएको छ यहाँको विकासको कुरा राख्ने छु भन्न हुन्छ, हुलाकी सडक भारतले बनाइ दिने नाममा तराई कती बर्ष पछी परेको छ !! म भारत संग तराइको डुबानका कुरा, सुस्ताका समस्या, सिमाना मिचिएका कुरा, सिमा प्रहरीबाट जनताले पाएका सास्ती, लिपुलेकका कुरा, तराइमा बड्दै गएका हिंसाका कुरा उठाउँछु भन्ने हो ? भारतले नेपाली जनतालाइ दुःख दिन हुँदैन म कुरा गर्दछु भन्ने हो कि ??? के तराइको विकासको जिम्मा भारतको हो ? कमरेड !!! तराइको विकासको जिम्मा पालिका,  न पा, प्रदेश र केन्द्रको हो ? कठै नेपाली आमाले जन्माएका नेपाली नेता !!