बाग्मती

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका¬–१० कपन क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।