आर्थिक

ज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा

काठमाण्डौ । ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाद्वारा एक कार्यक्रमका बिच श्रावण १८ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने निति अनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पहुँच सर्वसाधारणमा पु¥याउने निति लिएको सन्दर्भमा विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कामना गरे ।

साथै बैंकका संचालक धुव्र कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पु¥याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्फत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको वताउनु भयो । साथै यस बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटिएम् सेवा सुरुवात गरेको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम् मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम् संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।