समाचार

गंगामायाकै आग्रहमा हराएका छोरा प्रहरी नियन्त्रणमा

काठमाडौं । गंगामाया अधिकारीका अर्का छोरालाई प्रहरीले समातेको छ । गोरखा फुजेलकी गंगामायाका छोरा नुर प्रसाद अधिकारीलाई आईतबार राजधानीबाट समातिएको हो । लामो समयदेखि आमा गंगामायाको सम्पर्कमा समेत नरहेका नुरप्रसादलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी धीरज प्रताप सिंहका अनुसार प्रहरीले कुनै मुद्दाको आधारमा नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नुरप्रसादलाई आमा गंगामायको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

यता गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट सुरु भएको थियो ।