समाचार

प्रधानसेनापति र इन्डो पेसिफिक कमान्डोका डेपुटी कमान्डर बीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग इन्डो पेसिफिक कमान्डो का डेपुटी कमान्डर बीच, लिउटानेन्ट जेनरल ब्रेन फेन्टनले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

शिष्टाचार भेटको दौरान लिउटानेन्ट जेनरल ब्रेन फेन्टनले प्रधानसेनापति क्षत्रीलाई संयुक्त अधिराज्य सशस्त्र फोर्सको तर्फबाट ‘THE LEGION OF MERIT (Degree  of Commander)’ पदक समेत प्रदान गरेका थिए ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र जेनरल ब्रेन फेन्टन बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । उनी ३ (तीन) सदस्यीय भ्रमणदलको साथ दुई दिने भ्रमणको लागि आजै काठमाण्डौं आएका हुन् ।