आर्थिक

एनआई सी एशिया क्यापिटलद्वारा संध्याकालीन काउण्टर संचालनमा

काठमाडौं । सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यले यस एनआई सी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ । यस संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छ्न । एनआई सी एशिया क्यापिटलको बबरमहल, काठमाण्डौ स्थित कार्यालयमा आईतबार देखि बिहीबार सम्म बिहान १०ः०० बजे देखि दिउसो ०३ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ः०० बजे देखि बेलुका ६ः०० बजे सम्म र शुक्रवार बिहान १०:०० बजे देखि दिउसो ०१ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म आइताबार देखि लागु हुने गरि संचालनमा ल्याएको छ ।

यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइने बैंकले जनाएको छ ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्यनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधाहुने सेवाग्राहीहरुलाई विषेश उपयोगी हुनेछ ।

गुणस्तरीय, किफायती र शिघ्राअतिशिघ्र सेवाप्रदान गर्ने एनआई सी एशिया क्यापिटलको प्रतिबद्धतातको क्रममायस सेवाले थप मजबूती प्रदान गर्ने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस संध्याकालीन काउण्टरले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास लिइएको छ ।