प्रदेश 2

१५० जना हज यात्रामा प्रस्थान

राजविराज । हज यात्रामा जाने १५० जना मुस्लिम धर्मावलम्बीलाई बिदाइ गरिएको छ । राजविराज–३ मोहम्मदपुरस्थित दारुल उलुम मदरसाले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उनीहरुलाई बिदाइ गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका मदरसाका प्रमुख मो जमिरले बताए ।

मक्का मदिनाको दर्शनपछि अञ्जानमा भएका पापबाट मुक्ति पाउनाका साथै सुख, शान्ति र समृद्धि हुने भएकाले यस वर्ष हज गर्न मक्का जान लागेको स्थानीय मो इद्रिस मियाँले बताए ।

मुस्लिम तीर्थालुको पवित्रस्थल मक्का मदिनामा हजका लागि यस पटक ठूलो संख्यामा महिलाहरु पनि जान लागेकामा सप्तरी जिल्लाबाट ६५ महिलासहित १५० जना सहभागी भएका र उनीहरु आजै दुई रात्रि बस तथा सात वटा साना गाडी रिजर्भ गरी सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ प्रस्थान गरेका थिए ।