प्रदेश 2

ड्रग्ससहित २ जनालाई हतकडी

काठमाडौं । लागु औषधसहित २ जना पक्राउ परेका छन् । विरगञ्जबट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । बीरगंज भन्सार कार्यालय अगाडी स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा BR05H 5843 नम्बरको सेतो रंगको स्कार्पियो गाडीबाट उक्त लागुऔषध बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका गाडी चालक र रक्सौल बस्ने बिनोद प्रसाद छोरा वर्ष १९ को राजन गुप्ता रहेका छन् ।

उनीहरुको साथबाट खैरो र निलो रंगको कपडाको झोलामा ईन्जेक्सन डाईजेल्याब ५०० पिस, नुर्फिन ५००पिस र फेनरगन ५०० पिस गरी जम्मा १५०० पिस लागूऔषध बरामद गरिएको छ ।