गण्डकी प्रदेश

क्याम्पस नै नदेखी नाती खेलाउँदै ४० बर्षमा १२ पास, छोरीसंगै क्याम्पस जाने धोको (भिडियो)

काठमाडौं । पोखरा कास्कीकोटकी सीता नेपालीको १५ बर्षमै मागी बिबाह भयो । अर्थिक समस्याका कारण उनले कक्षा ८ पढेर छाड्नु पर्यो । बिहे भएको एक बर्षमै छोरी जन्मिएपछि पारिवारीक झमेलामा पर्न थालिन् । उनमा पढ्ने र शिक्षित हुने रहर लागे पनि पारिवारीक बन्धनका कारण पढ्न पाईनन् ।

२४ बर्षको उमेर सम्म उनले चार बच्चाहरुलाई जन्म दिईन् । पछि मुस्ताङबाट श्रीमानको सहयोगमा प्राईभेट एसएलसी पास गरिन् । एसएलसी पास गर्नु अगाडी नै उनले पोखराको पिएन क्याम्पसमा जागिर खाईसकेकी थिईन् । क्याम्पसमा पढ्न आउने बिद्यार्थीलाई हेरेर आफ्नो मनमा धेरै कुण्ठा जागेको बताउँदै उनले करिब १५ बर्ष पछि उनले कक्षा ११ मा भर्र्ना गरिन् ।

बि.स. २०६८ सालमा भर्ना गरेकी उनले कलेज नै देखिनन् । भर्ना भईन् जागिर धान्न पर्ने ४ जना छोराछोरी सहितको परिवार हेर्न पर्ने भएकाले उनले ७ बर्ष लगाएर बल्ल प्लस टू पास गरिन् । उनै सीता नेपालीसंग गरिएको कुराकानीः