अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा १८ को एकै चिहान

पेशावर । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताए ।
इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ ।
पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ ।