विचार/ब्लग

६ करोड धरौटी निर्णय- म्यानपावरमा अघोषित सिन्डिकेट

डीबी कार्की/ ६ करोड धरौटी वैदेशिक रोजगार कम्पनीले व्यावसाय गर्न राख्नुपर्ने हो भने अहिले भन्दा चरम विकृतिको बिजारोपहण हुन्छ यो मुलुकमा । धरौटी राख्ने सामर्थ्य राख्न सक्दैन व्यावसायिले यदि राखे पनि वैदेशिक रोजगार कम्पनीले व्यावसाय, अहिले भन्दा चरम विकृतिको बिजारोपहण हुन्छ यो मुलुकमा । बेरोजगार नेपाली जो आफ्नो परिवारको भरणपोषण र आफ्नो भविष्य निर्माणको खोजीमा वैदेशिक रोजगारीमा जान्छन, जो वैदेशिक रोजगार पेशा व्यावसाय गरेर जीवन गुजारा गर्दछ्न, रोजगार कम्पनी अनुमति दिने राज्य समेतले वैदेशिक रोजगार क्षेत्रबाट कुनै उपलब्धि प्राप्त गर्दैन, आजका मितिसम्म रेमिटेन्स हाम्रो अर्थतन्त्र मुख्य श्रोत बनेको परिस्थिति हो ? सबै पक्षको हितमा हुनु पर्यो, सर्वप्रथम वैदेशिक रोजगारमा जाने कामदार, पेशाव्यवसाय गर्ने व्यावसायिको र राज्यको समेत…… ।

यस विषयमा थप छलफलबाट व्यवस्थित गर्न सकिन्छ र सरकारले पनि हामीसंग छलफल गरोस् ? हामी पनि कुनै ग्रह, उपग्रह, चन्द्रग्रहका नागरिक होइनौ । नेपाल सरकारले व्यावसाय गर भने इजाजत दिएको हो। वैदेशिक रोजगार समयनुकुल व्यवस्थापन गर्ने दायित्व र कर्तव्य राज्य सरकारको हो भनी व्यवसायीहरुले पनि मर्यादित पेशा व्यावसाय प्रचलित कानुनको अधीनमा गर्नुपर्छ । अहिलकोे सेवा अव्यवहरिक छ पुनः परिमार्जन गरि व्यवहारिक समयअनुकुल सरकारले निर्णय व्यवस्थापन गर्नुपर्ने हुन्छ, यो व्यवसाय मुलुकको आवश्यकताको सुची भित्र छ भने सबै सरोकारवाला मान्य हुने विधिबाट व्यवस्थित गर्दै समसामयिक सुधार गरौं । नत्र खारेज गरोस् सरकारले ? यथास्थितिमा चल्न सक्दैन अब ?

अहिले मर्जर गरि वैदेशिक रोजगार कम्पनी संचालन गर्दा वा ६ करोड राख्न दिने हो भने , त्यसले अघोषित सिन्डिकेट र माफियाकरण जबर्जस्त निम्त्याउछ ? अहिले नै त केही हदसम्म त्यसको गन्ध आउन थालेको परिस्थिति छ भने ६ करोड धरौटी राख्दा त्यसको व्याज , उत्पादन क्रेयशक्तीको भार वैदेशिक रोजगारी जाने माथी नै अघोषित रूपमा थप ब्यायभार थपिन्छ। अहिले सजिलै सहज ढंगबाट कोहिकसैले धरौटी थप राख्ने सोचमा छैनन ? राखे माथी उल्लेख गरेर अनुसार निजहरुको सोच बदलिन सक्दछ। थप धरौटी राख्न सक्नेले पनि राख्नु हुदैन ? कोहि कसैले राखे हाले पनि अहिले भन्दा केही धनलक्ष्मी थप त गर्लान, तर उसको मर्यादा समाजमाजिक स्खलन अवश्य हुन्छ, कालन्तरमा अध्यारो जीवनमा चित्त बुझाउनु पर्छ यो मेरो भविष्यवाणी हो अनुभवको आधारमा, ज्योतिषी देखाएको हैन ?

अब धरौटी नबढाइकन अहिलेको परिस्थितिको सहि र यथोचित न्यायपुर्ण व्यवस्थापन कसरी गर्ने ? ठोस परिस्थितिको सहि सम्बोधन कसरी गर्ने ? मुल सवाल यो हो अहिले । व्यावसायिक नेताहरु, राजनीति दलका भातृसंगठनका नेतृत्वहरुको अनि क्षेत्रीय र जातीय व्यावसायि नेताहरु आन्तरिक साझा धारण बनाउनु होस र सरकार संग प्रस्तुत हुनुहोस् ।

यदि धरौटी नबढाइकन व्यावसाय र व्यावसायिको पेशागत हक र योगदानको कदर गर्ने भने हो भने समानरूपमा बराबरी हैसियत र मान्यता अनुरुप सक्दा विशाल पुजी संरचना सहित सातै प्रदेश पुग्ने गरि मेधा रोजगार कम्पनी एउटै निर्माण गरौ र नेपाली जनतालाई पनि पब्लिक शेयरधनी बन्ने मार्गप्रस्तत गरौं । त्यसमा अहिले नि पुग्न सकिदैन भने कम्तीमा पनि हालका हाम्रो ५१ वटा कम्पनीहरुको एउटा ग्रुप संस्थापक हुने गरि पब्लिक लिमिटेड कम्पनी बनाइ नेपाली जनताका बीच जाउ।
अहिलेको परिवेशमा यो विकल्प मात्र सहि र समयसान्दर्भिक विकल्प हुन सक्दछ भन्ने मेरो मान्यता रहेकोछ। म त धरौटी थप गरि किमार्थ व्यावसाय गर्ने पक्षमा छैन ।

बैदेशीक रोजगार ब्यावशायीहरुलाई सम्बोधन गर्दै भन्छन्:-
सरकार , संसद र हाम्रो देशका राजनीति दलहरुले समेत, हामीले गफ गरे जस्तो,हामीले सोचे जस्तो , हामीले भेला गरेर भने जस्तो , यथास्थिति कै रूपमा वैदेशिक रोजगारको पक्षमा समग्र सुनाई हुने म त देख्दिनरु यो व्यावसाय भित्र हामीले पनि कमीकमजोरी भयो समसामयिक ऐन कानुनमा सुधार होस परिमर्जित होस् भन्दै माग गर्दै आएको सर्वविविधत नै छ् । हाम्रो आँखा र सरकारको आँखाको हेर्ने दृष्टिकोण एउटै रहेन ? सबै प्रतिकुल छ, त्यसैले मैले त पब्लिक लिमिटेड बनाएर जाउ भनेकोछु। जसमा हामी सबै नेपालीहरुको साझा हक लिन सक्ने पब्लिक लिमिटेड कम्पनी निर्माण गरि सबैको आफ्नोत्व ग्रहण गरौं ।

यो दिशा तर्फ हामी व्यावसायि किन सोच्दैऔं ।अबको सहि सान्दर्भिक व्यवस्थापन , सबैले न्याय पाउने विषयमा व्यावसायिक हाम्रा नेताहरु किन एकमत हुनुहुन्न ?
संधको भावी नेतृत्व प्राप्तिको प्राथमिकताको मसला बनाउन अहिले देखि कोहिकसैले चलखेल नगरौं वा पुनः स्थापित हुने सोच संध कार्यसमितिले पनि नसोचेस्छ, केही प्राप्ति हुने वाला छैन रु स्वार्थको राजनीति गर्नु छोड्नुहोस । मैले सबै संग विनम्र अनुरोध गरे। यथास्थिति मै कुनै व्यावसायि विस्थापित र स्थापित नहुने गरि ठुलालाई चैन र सानालाई ऐन ? नहुने गरि अहिले वैदेशिक रोजगारको क्षेत्र संकट मोचन गरि ठोस परिस्थितिमा ठोस मुर्त निर्णय गर्न व्यावसायि संघ लगायत राजनीति, क्षेत्रिय,जातीय संघ संस्थाका आदरणीय व्यवसायी नेतृत्व र नेता ज्यु हरुमा विशेष आग्रह छ ।
फेसबुक मै किन पोष्ट गरेको होला भन्ने प्रश्न स्वाभाविक उठला ? अब सच्चिकै वैदेशिक रोजगार व्यावसायमा अ्उल सुधार भएको हेर्न चाहने तमाम नेपाली घरदैलोको हकहितलाई व्यवस्थित गर्न र व्यावसायिको पेसागत मर्यादा हकहितका लागि सबैलाई जानकार बनाऔं, सबै सचेत हौं । अबको वैदेशिक रोजगारको क्षेत्र सामाजिक मुल्य मान्यता अधारमा पेशागत मर्यादा सहित सबै सरोकारवालाई सर्वस्वीकार्य होस् उदेश्य सहित प्रेषित गरिएको हो। फेसबुकबाट
( कार्की मेनपावर ब्यवशायी र कम्युनिष्ट पार्टीका युवा नेता समेत हुन् । )