सामाजिक सञ्जाल

मुकुन्देको भविष्यवाणीः प्रधानमन्त्री ओली राजिनामा दिने

काठमाडौं । फेसबुक तथा ट्वीटरमा नाम स्थापित गराईसकेका, समयसन्दर्भमा विभिन्न बिषयहरुमाथि विश्लेषण तथा टिकाटिप्पणीमा प्रखर र तिख्खर अभिव्यक्ती दिने मुकुन्द घिमिरे उर्फ मुकुन्दे विभिन्न बिषयमाथि भविष्यवाणीसमेत गर्दै आएका छन् । उनका केही भविष्यवाणी सत्य सावित हुदैँ आएका छन् भने केही गलत सावित हुदैँ आएका छन् । शनिबार फेसबुकमा एक पोस्ट गर्दै उनले प्रधानमन्यायधीश काण्ड प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिने खेल भएको भन्दै भविष्यवाणी गरेका छन् । उनले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन्,

जोशी प्रकरण झेल हो,
सरकार छोड्ने प्रधानमन्त्रीकै खेल हो,

कटुवाल काण्ड जस्तो हो,
दुई तिहाई जनमत ध्वस्त भो,
फोहोरी राजनीतिको डिजाइन छ,
खोटा कागजपत्र फिजाईन्छ,
नेताहरू ड्युटीको ज्याला लिएर घर किन्छन्,
राजा छुट्टी सकेर फर्किन्छन्,
जनताले कुरा बुझ्नुपर्छ,
मुकुन्दल्याण्डलाई पुज्नुपर्छ।