राजनीति

कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो यस्ता गम्भीर प्रश्नहरु !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश अस्वीकृतको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । शनिबार सिंहदरबारमा बसेको पार्टीको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोशीको अस्वीकृत गरिनुको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने निष्कर्ष निकालेको हो ।

संसदीय सुनुवाई समितिले गरेको उक्त निर्णय स्वतन्त्र न्यायापालिकामाथि आक्रमण भएको कांग्रेसले जनाएको छ । कांग्रेस शीर्ष नेताहरु सम्मिलित बैठकले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गरेको छ । अस्वीकृत गर्नु थियो भने दीपकराज जोशीलाई किन प्रस्ताव गरेको, जोशीका शैक्षिण प्रमाणपत्र शंकास्पद रहेको र जन्ममिति फरक भएको भए न्याय परिषद्ले संवैधानिक परिषद्लाई किन गुमराहमा राखेको लगायत प्रश्न खडा गरेको छ ।

कांग्रेसले सुनुवाई समितिले राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा जोशीबारे निर्णय गरेको आरोप लगाएको छ ।