विचित्र संसार

विद्यार्थीले केमिस्ट्रीको परीक्षामा पोर्नका कुरा लेखेपछि चेक गर्ने शिक्षिका भुतुक्कै

काठमाडौं । परीक्षामा विद्यार्थीले प्रश्न पत्रको हल गर्न नसक्दा चिठ्ठी लेखेको, उत्तर पुस्तिकामा पैसा राखिदिएको घटनासम्म त हामीले सुनेकै छौँ । तर भारतको गुजरातका एक विद्यार्थीले उत्तर पुस्तिकामा यस्तो कुरा लेखे । जुन कुराले उत्तरपुस्तिका जाँच गर्ने परीक्षक नै लाजले भुतुक्क भए।

भारतको गुजरातमा १२ कक्षा पढ्ने विद्यार्थीले केमिस्ट्री विषयको उत्तरपुस्तिकामा पोर्नका बारेमा लेखेका थिए।

विद्यार्थीले उत्तरपुस्तिकामा पोर्नोग्राफिक सामग्री बाहेक आफ्ना यौन कल्पनाका कुरा पनि लेखेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्। समाचारका अनुसार उनले भाउजु र नोकर्नीका बारेमा पनि अश्लील कुरा लेखेका थिए। उक्त उत्तरपुस्तिका शिक्षिकाले चेक गरेकी थिइन्। उनले यो सब पढेपछि कापी जाँच संयोजकलाई देखाएकी थिइन्।

उक्त घटनापछि ती विद्यार्थीलाई स्पष्टीकरणका लागि बोलाइएको थियो । तर उनले कुनै जवाफ दिएनन्। कुनै जवाफ नआएपछि विद्यार्थीको रिजल्ट क्यान्सिल गर्ने र एक वर्ष परिक्षा दिनबाट बञ्चित गर्ने गुजरात उच्च माध्यमिक शिक्षा समितिले निर्णय गरेको छ। -एजेन्सी