अन्तर्राष्ट्रिय

धार्मिक विद्यालयमा आक्रमण

तेहरान । इरानका प्रदर्शनकारीले तेहराननजिकै रहेको काराज प्रान्तमा रहेको विद्यालयमा आक्रमण गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार बेलुका नौ बजे विद्यालयमा आक्रमण गरेर तोडफोड गर्नुका साथै आगजनी गर्ने प्रयास समेत गरेको फार्स समाचार संस्थाले शनिबार जनाएको छ ।

आक्रमणकारी झण्डै ५०० को संख्यामा आएको विद्यालयका एक शिक्षकले जानकारी दिएका छन् । उनीहरुले वर्तमान शैक्षिक प्रणालीका विरुद्धमा नारावाजीसमेत गरेका थिए ।

सामाजिक सञ्जालमा शासकका विरुद्धमा गरिएको नारावाजी र प्रदर्शनका भिडियो देखिएका छन् । -एजेन्सी