कृषि

हिमालमा पनि माछापालन

मनाङ । सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् ।

करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् ।

समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ । यस फार्ममा रेन्वो टा«उट जातका माछा राखिएको छ । शुरुमा हिमाली आयोजनाको रु ५६ लाख सहयोग र आफ्नो २५ प्रतिशत गरी जम्मा रु ८५ लाखमा सञ्चालन गरेको लामाले बताए ।

नेपालमा वैदेशिक रोजगारको मोह बढ्दै गरेको अवस्थामा किन स्वदेशमा आइ यस पेशामा लाग्नुभयो भन्दा लामा भन्छन्, “हामी पढेका युवा विदेशमै रह्यौं भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास रु विदेशमा पढेर स्वदेशमा आफ्नो गाउँठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले म सिंगापुरको ‘ए’ लेवलको पढाइ छोडेर आफ्नै गाउँमा यो व्यवसाय गरेको छु ।”

लामाको फार्ममा साना भुरा माछा उत्पादनका लागि आठ वटा रेस मार्ग बनाइएको छ, भने ठूला माछाका लागि ११ वटा रेस मार्ग रहेको छ । उहाँले शुरुमा नुवाकोट सुनखानीबाट पाँच हजार माछाका भुरा ल्याएर राखेको र त्यसमा केही माछाका भुरा हावापानी र वातावरण नमिलेर मरेको र हाल तीनै बाँचेकाबाट उत्पादन लिइरहेको बताए । यस फार्ममा हाल सात हजार माछा हुर्किरहेका छन् ।

आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मानिस खुशी भएको लामाको भनाइ छ । प्रति किलो रु एक हजार ४०० मा धमाधम बिक्री भएको र ग्राहकको मागअनुसार आफूले पुराउन नसकेको लामाले बताए ।

प्रत्येक दिन १२ देखि १५ किलोसम्म माछा बेच्ने गरेको र होटल व्यवसायको लागि पु¥याउन नसकेको उनको भनाइ छ । लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक रु एक लाख २० हजार भन्दा बढी आम्दानी हुने गरेको श्रीमती गुरुङले बताए ।