राजनीति

एकदलीय तानाशाह काँग्रेसलाई मात्र होईन, कम्युनिष्टलाई समेत घातक हुन्छ : सभापति केसी

काठमाण्डौ । नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति तथा पूर्ब संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले नेपाली जनताले मतदान सुर्यमा गरेपनि ओली राज्यभन्दा कानूनी शासन चाहने नेपाली जनता भएको टिप्पणी गरेका छन् ।  नेपाली काँग्रेसका साँसदहरुले पनि बैठक नै बहिस्कार  गर्नुभन्दा ‘नोट आफ डिसेन्ट’ लेख्नु राम्रो हुने नेता केसीको तर्क छ ।

न्यायपरिषदका अध्यक्षले परिषदको बैठक राखेर योग्य ठहराईएका जोशी संसदीय ससिमतिले अयोग्य ठहराएपछि के आधारमा तपाई न्यायपरिषदमा बस्ने? नैतिकता कँहा रह्यो तपाईसंग ? न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानमनत्री ओलीलाई प्रश्न गर्दै नेता केसीले तर्क गरे ।
उनी भन्छन्, “साताब्यापी मोलमोलाइपछि दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भए । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीश सिफारिस भएका जोशी प्रधानमन्त्रीको निर्देशनमा उनकै पार्टीका सांसदद्वारा अस्वीकृत हुनुको पछाडि राजनीतिक मोलमोलाइमा ‘धार्नी नपुग्नु’ शिवाय केही कारण देखिँदैन । 

बाहिर यसको कानुनी प्रक्रिया र सांसदहरूको विशेषाधिकारको जतिसुकै ढ्वाङ फुकिए पनि यसभित्रको निहीत उद्देश्य प्रधानमन्त्रीले चीन भ्रमणको समयमा ‘नेपालमा पनि चीनिया मोडेलको कम्युनिस्ट पार्टी बनाउँछु’ भनी जनाएको प्रतिबद्धतालाई पूर्णता दिनु नै हो र यही यात्राको प्रारम्भ बिन्दु को रूपमा यो कदम चालिएको छ । पहिले जनतालाई न्याय दिने न्यायालयलाई कब्जा गरी आफ्नो छायाँ बनाएर देशमा स्वतन्त्र न्यायको ढोका बन्द गर्ने त्यसपछि क्रमशः जनताको आवाज बोल्ने प्रेस र स्वतन्त्र नागरिक आवाजमा अङ्कुश लगाउने योजना अनुसार नै जोशी अस्वीकृत गराइएका हुन् । कम्युनिस्ट पार्टीको स्वीकृतिबिना कसैले पार्टी समेत खोल्न नपाउने ‘चीनिया मोडेल’ नेपालमा लागू गर्ने दिवाश्वप्न देख्न छाडेर जोशी अस्वीकृत भएपछि उनको सर्टिफिकेटको अभिलेख राख्ने तथा उनलाई हिजो ‘असल आचरण र अभिलेख भएको’ भनी प्रमाणित गर्ने र प्रधान न्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले के आधारमा प्रधान न्यायधिशमा नाम सिफारिस गरेका हुन ? यसको सार्वजनिक जवाफ दिँदै नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्छ । खबरदार ! एकदलीय तानाशाहको तानाबाना बुनिरह्यौ भने हामी कांग्रेसलाई मात्र होइन, तिम्रै कम्युनिस्टलाई पनि यो कुरा स्वीकार्य हुने छैन । भलै भोट सूर्यमै हालेका भएपनि एक्काइसौं शताब्दीका सचेत नागरिक ओलीको न्याय होइन, कानुनको न्याय चाहन्छन् । जय नेपाल !”