राजनीति

अधिनायकबादी बाटोमा हिँडेको ओली सरकारलाई खबरदारी गर्न अध्यक्ष बस्नेतको बिश्वभरका नेपालीहरुलाई अपिल

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिश्वभरका नेपालीहरुलाई लोकतन्त्र रक्षा गर्ने कार्यमा एकजुट भई कम्युनिष्ट अधिनायकबादी बाटोमा हिह्डेको लोली सरकारका बिरुद्धमा खबरदारी गर्न आग्रह गरेका छन् ।
संबैधानिक अभ्यास र परम्पराबिपरीत बर्तमान सरकार हिँडेको बताउदै दुई तिहाईको दम्भ देखाउदै राष्ट्रिय सभाका तीनजनाको मनोनयनमा देखिएको गिद्दे नजर अहिले प्रधानन्यायधीश नियुक्तीमा आएको दाबी गरेका छन् ।
उनले भनेका छन्,

“शुरूवातमा नै संसदिय अभ्यास र परम्परा बिपरित दलको नेता मात्र प्रधानमन्त्री हुने संबैधानिक ब्यबस्था र पद्धतिलाई लत्याउदै पार्टीको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको नियुक्ति संगै अगाडी बढेको प्रचण्ड बहुमत र अहिले यहॉंसम्म आईपुग्दाको दुई तिहाईको दम्भ देखिदैछ। कम्युनिष्टहरू भाषणमा जतिसुकै लोकतान्त्रिक हुँ भनेर उर्लेर पनि ब्यबहार र यथार्थतामा त्यो सत्य होईन भन्ने प्रमाणित हुदैछ, के पि ओलीले प्रधानमन्त्री पदको सफथ गर्दाको पृष्टभुमिलाई म एक पटक यहॉं संझन उपयुक्त ठान्दछु। राष्ट्रिय सभाका लागि सरकारका तर्फबाट गरिने तिन जनाको मनोनयनमा यिनले लगाएको गिद्धे नजर लोकतन्त्रको उपहास थियो, तत्कालिन प्रधान न्यायधिश गोपाल पराजुलीको असंबैधानिक र अस्वभाविक बर्खाष्ती संगै अहिले प्रधान न्यायधिश नियुक्ति प्रकरणले कम्युनिष्ट चरित्रलाई नग्याएको छ। स्वतन्त्र न्यायपालिको मर्म र भावनामा यो घटनाले गम्भिर प्रकृतिको चोट पुगेको छ, दुई तिहाईको दम्भमा मनोपली ढंगबाट अगाडी बढेको यो सरकारको गलत हर्कत बिरूद्धमा लामबद्ध रहि डटेर सामना गर्न म सम्पुर्ण लोकतन्त्रबादी तरूणहरूमा हार्दिक अपिल गर्दछु।

जय नेपाल !! जय तरूण !!!”

पछिल्लो समयमा नेपाल तरुण दलले पेट्रोलीय पदार्थको मूलयबृद्धी हुंदा होस या काँग््रेसलाई अप्ठेरो परेको बेला असली भातृसंस्थाको भूमिका खेलिरहेको बेला अध्यक्ष बस्नेतले महत्वपूर्ण बिचार प्रकट गरेका छन् । यसबाट अधिनायकबादको बिरुद्धमा तरुण दल आँदोलित हुन सक्ने संकेत समेत देखिन्छ ।