खेलकुद

लिटल डल्फिन टिम च्याम्पियन

काठमाण्डौ । लिटल डल्फिन स्विम क्लब प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप २०१८ को टिम च्याम्पियन बन्न सफल भएको छ । लिटल डल्फिनले ६४ अंकका साथ च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।
पहिलो पटक निजी क्षेत्रबाट अस्पताल होईन रंगशाला जाँउ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा दोश्रो भएको निसर्ग बाटिका स्कुलले ५९ अंक र तेश्रो भएको नेशनल स्पोर्टस् सेन्टरले २७ अंक प्राप्त ग¥यो ।
हाँडीगाँउस्थित आयोजकको आफ्नै पौडी पोखरीमा भएको च्याम्पियनसिपमा २९ स्कुल र ६ क्लबका ११७ खेलाडीहरुले २५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीहरुलाई उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, ३ नं प्रदेशका सभासद माननिय नारायण सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलकुदको विकासमा निजी क्षेत्रलाई पनि सहभागिता गराउँदै राष्टिय तथा अन्तराष्टिय खेलाडी उत्पादन गर्दै स्वस्थ नागरिक उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिताका आयोजना गरिएको धन्वन्तरी समाजका अध्यक्ष मदन कोईरालाले बताए । राष्टिय खेलाडीहरलाई धन्वन्तरी पौडी पोखरीमा निशुल्क पौडी खेल्ने बातारण बनाईएको समेत कोईरालाले जानकारी गराए ।
पौडी प्रतियोगिताका दौरान ओलम्पियन शिरिष गुरुडलाई प्रमुख अतिथी उप प्रधान तथा रक्षा मन्त्रीले सम्मान पत्र प्रदान गरेका थिए ।