समाचार

प्रधानसेनापति क्षत्रीद्वारा मिलिटरी अस्पतालको समुद्घाटन

काठमाण्डौ ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गरेका छन् ।

पुनः निर्मित भवनमा डेन्टल सेवा आजबाट शुभारम्भ गरि बहालवाला तथा कल्याणकारी हिताधिकारीहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको साथै इमरजेन्सी, फार्मेसी, पेडियाट्रिक, फिजियोथेरापी, प्याथालोजी र रेडियोलोजी सेवाहरु विस्तार गर्दै लगिने योजना रहेको छ ।

उक्त उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. तारानाथ पोखरेल, त्रिचन्द्र मिलिटरी अस्पतालका पूर्व कमाण्डान्टहरु, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।