आर्थिक

अब साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा टँकी सिनवारीमा

काठमाण्डौ । साँग्रिला डेभलपमेन्ट बैंकले मिति शुक्रबार मोरङ जिल्लाको टँकी सिनुवारीमा आफनो थप शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी  तथा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरे । उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गरे  ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा रबीन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए सोही क्रममा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठले प्रमुुख अतिथि तथा अथितीलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुको साथै मायाको चिनो समेत प्रदान गरे यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको बैंकले जनाएको छ ।