राजनीति

तामागंको राजीनामापछि ढकाललाई पर्यो कानून मन्त्रीमा चिठ्ठा

काठमाण्डौ । कानून मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालले पाएका छन् । बंगालादेशमा डाक्टर अध्ययन गर्न गएका छात्राहरुको बिषयमा बिबादित हुनेगरी अभिब्यक्ती दिएपछि बिपक्षी दल नेपाली काँग्रेस लगायतको ब्यापक बिरोध भएपछि कानून मन्त्री रहेका सिंधुपाल्चौकबाट प्रतिनिधित्व गरेका शेरबहादुर तामागंले राजीनामा दिएपछि उक्र पद खाली थियो ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कुनै महत्वपूर्ण मन्त्रालय सम्हाल्ने बताइएको थियो । तर माओबादी केन्द्र र मधेशबादी दलहरुलाई समेत भागबण्डा पुर्याउनुपर्ने कारणले ढकाल मनत्ती बनेका थिएनन् । तामागंले राजीनामा दिएपछि उक्त पदमा ढकाललाई चिठ्ठा परेको हो ।