स्वास्थ्य

डोल्माद्धारा अपाङ्ग तथा अशक्त बालबालिकालाई आर्थिक सहयोग

काठमाडौं । अपाङ्ग तथा अशक्त बालबालिकालाई नयाँ जीवन दिईहेको नयाँ जीवन नेपाललाई क्यानडा बस्दैँ आएकी केल्सङग डोल्माले आर्थिक सहयोग प्रदान गरेकी छन् ।

जोरपाटी घर हाल रोजगारीको सिलसिलामा क्यानडामा रहेकी डोल्माले अपाङ्ग तथा अशक्त बालबालिकाको सहयोगार्थ ३० हजार प्रदान गरेकी हुन् ।

डोल्माले बच्चाहरुको सुस्वास्थ्य र प्रगतीको कामना गर्दै केही हदसम्म भएपनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेकी संस्थाका अध्यक्ष राजन खनालले हामीलाई बताए ।

जोरपाटी मेडिकल कलेज नजिक रहेको नयाँ जीवन नेपालले करिब २२ जना बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई साच्चिनै नयाँ जीवनको आभाष गराईरहेको छ ।