समाचार

बण्डलका बण्डल गाजाँ तस्करी गर्ने ६ जना प्रहरी खोरमा

काठमाडौं । झन्डै अढाई क्वीन्टल गाजाँसहित ६ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनीहरुलाइ पक्राउ गरेको छ ।

उनीहरुलाई मकवानपुर जिल्लामा लागू औषध गाँजाको कारोबार भईरहेको छ भन्ने सूचनका आधारमा हेटौडा तर्फ आउदै गरेको भारतिय द्यच् क्ष्ए द्दघद्धछ नं. प्लेट भएको सेतो रंगको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छत तथा पछाडीको तलको भागमा फल्स बटम बनाई, प्लाष्टिाकमा बाँधी लुकाई छिपाई लैजान लागिएको ४२ पोका तयारी गाजा बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा ५८ बर्षीय पदम हमाल ठकुरी, ४४ बर्षीय छेदी दास (चालक), ३५ बर्षीय सुरेश कुमार महतो र ४२ बर्षीय कृष्ण बहादुर मोक्तान लगायत रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।