मनोरञ्जन

सोनीकाको ‘बर्खाको पानी’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित भिडियो पत्रकार तथा मोडेल सोनिका रोकाया र जीवन लुइटेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडीयोलाई लोकप्रिय सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मेलिना राई र राजेन्द्र बजगाईको स्वर रहेको छ । जीवन लुइटेलको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई माला मगरले कोरियोग्राफी गरेका छन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन् भने अमित बजगाईले सम्पादन गरेका छन् ।

गीतलाई जीवन लुइटेलले लेखेका छन् । हाइलाइट्स नेपाल च्यानलमा अपलोड भएको केही मिनेटमा भिडियोलाई यो समाचार तयार पार्दासम्म २ हजार बढी पटक हेरिएको छ ।