प्रवास

लुईटेलको नेतृत्वमा अमेरिकामा इन्जा गठन

काठमाडौं । पत्रकार पेशामा लामो समय देखि काम गरि रहेका र हाल सम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्र वाट अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ (INJA)गठन गरेको घोषणा गरेका छन ।

संघीय अवधारणा को मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिती गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्ह (INJA) बिधिवत रुपमा दर्ता भएको छ भने गैर नाफामूलक यो सस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

बिश्व भरी छरिएका नेपाली भाषी पत्रकार , सन्चारकर्मीहरु तथा पत्रकारहरुका छाता सङ्गठनहरुलाई एक सुत्रमा बाधी उनीहरुको क्षमता अभिबृदी गर्ने , त्यस मूलुकको मूल सन्चार क्षेत्रमा आबद्ध गराई ब्यबसाहिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन ।

कुनै सस्था फुटेर नयाँ सस्था स्थापना गरीएको नभएर बिशुद्द रुपमा नेपाली पत्रकारिता जगतलाई ब्यबसायिकरुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागी नै स्थापना गरीएको सस्थाका एक पहलकर्ता सुनिल मणी दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघले बुधवार अगस्त १ तारिख अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएका छ्न ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्ब सम्मति बाट चयन भएका छन् । यसै गरि समितिमा सभापति गुणराज लुइँटेल लगायत अन्यहरु यस प्रकार रहेको छ । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् ।

उप सभापतिहरुमा सुनिल मणि दाहाल ,अमेरिका ,बिष्णु शितल अमेरिका ,टंक पन्त ,एसिया ,मन ऋषि धिताल सअस्ट्रेलिया ,अनुराधा पौडेल युरोप तथा डा किस्मत भण्डारी क्यानडा रहेका छन् । यसै गरि महा सचिवमा अमेरिकाका शिव बिष्ट ,सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् ।

यसै गरि संचार निर्देशकमा विजय थापा ,संगठन निर्देशकमा किशोर सापकोटा ,नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन ।

यसै गरि समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा ,बिश्वराज थापा ,दोव ढकाल ,अंकुश नेपाल ,तारा भट्टराई ,पुनम पौडेल रहेका छन् भने दुवई बाट सुबाश शर्मा ,नेपाल बाट कृष्ण ढुंगाना तथा ओमान बाट बिनेश खनाल रहेका छन् ।

यसै गरि साउदी अरब बाट तेज बहादुर थापा ,अमेरिका बाट सर्बज्ञ वाग्ले ,स्विटजर् ल्याण्डबाट विजय शर्मा दर्पण ,अमेरिका बाट राजिव श्रेष्ठ ,सरोज केसी ,श्रीजना उप्रेती ,उमेश शर्मा ,पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् ।

यसै गरि सल्लाहकारहरुमा हरि अधिकारी ,शेखर ढुंगेल ,जर्ज मेसन बिश्व बिद्यालयका प्रा क्रिस्टोफर जे फरेल ,सहायक प्रा जेफ साउथ ,एसपीजे का रबिन सिडरस्कि ,नेपाल पत्रकार महा संघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा घमराज लुइँटेल रहेका छन् ।