अन्तर्राष्ट्रिय

म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित

बागो, म्यानमार । दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण करिब १ लाख ५० हजार स्थानीय नागरिक विस्थापित भएका छन् ।
यस बाढीमा परी १२ व्यक्तिको मृत्यु भइसकेको छ । बाढीको कारण बाँधहरु समेत भत्किने डर रहेको बताइएको छ । मदाउक शहरको बागो क्षेत्रमा बाँध बाँधेको स्थानभन्दा पनि केही इन्च माथिसम्म नै पानीको सतह पुगेपछि स्थानीय नागरिक त्रसित रहेका छन् । यहाँ लगातार बाढी आइरहेकोले बाँध भत्किनसक्ने भन्दै उनीरु त्रसित रहेका बताइएको छ । बाढी पीडितलाई डुङ्गाबाट खानेकुरा लगिएको उद्धार समूहका प्रमुख लाइनङ मिन आ ओओले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

म्यानमारका सरकारी सञ्चारमाध्यमले बिहीबार १ लाख ४८ हजार ३८६ व्यक्तिलाइ विभिन्न ३२७ ओटा शिवीरमा राखिएको जनाएका छन् ।
म्यानमारको एक पत्रिका इलिनामाका अनुुसार अझै पनि २८ हजार व्यक्ति बाढी पसेको घरमा बसिरहेका छन् । बाढीको पानीको कारण उनीहरुलाई त्यहाँबाट उद्वार गरेर शिवीरमा लैजान समस्या परिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।