समाचार

प्रतिनिधिसभा मातहतका १० समिति गठन

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गरे।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।