समाचार

निर्मला हत्या प्रकरणमा घर्तीमगर र नेगी समातिए, कस्तो कारवाही होला ?

काठमाडौं । केही दिन अघि कञ्चनपुरमा भएको बलात्कारपछि बालिका हत्याकाण्डमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिईएको छ । कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको प्रकरणको अनुसन्धान गर्ने क्रममा दुई जना प्रहरी फन्दामा परेका हुन् ।

प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई नियन्त्रणमा लिईएको छ । पीडित परिवारले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन् ।

उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।