राजनीति

सभामुखले यसो भनेपछि कांग्रेस संसद बैठक नै छाडेर हिड्यो

काठमाडौं । बिहिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक नै बहिष्कार गरेको छ । समाभुखले बोल्न समय उपलब्ध नगराएको भन्दै कांग्रेसले बैंठक नै बहिष्कार गरेको हो । सुरुमा सांसदको प्रश्नोत्तर पछि गृहमन्त्री राम बहादुर थापा बादललाई सभामुख कृष्ण बहादुर महराले समय उपलब्ध गराएका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो पोर्चुगल भ्रमणबारे जानकारी गराएका थिए । लगत्तै सभामुख महराले संसदीय समितिहरु गठनको सूचना पढे र कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि महराले विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न गृहमन्त्रीलाई समय उपलब्ध गराईहदाँ कांग्रेस सांसदले बोल्ने समय माग गरिरहेका थिए । गृहमन्त्रीले सो प्रस्ताव पेश गरिसकेपछि सभामुखले आज समय दिन नसकिने भनेपछि काग्रेस सांसदहरु बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।