राजनीति

सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न कांग्रेसको उर्दी, युएईबाट मागियो प्रधानमन्त्री ओलीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसको जनवर्गीय संगठन युएईको नेपाली जनसम्पर्क समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेको छ । समितिले बिहिबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्प मागेको हो ।

समितिका युएई अध्यक्ष खेमराज बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संबैधानिक निकायलाई कार्यकारीको अधिनमा राख्ने, सरकारलाई पार्टीका रूपमा संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायलाई ब्यबसायिक रुपमा सन्चालन गर्नुको सट्टा पार्टीको प्रतिबद्धताका आधारमा चलाउने गरेको छ । विज्ञप्तीमा अघि भनिएको छ, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा बिधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानुनी तरिकाबाट खारेज गर्ने केपी शर्मा ओली सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दछौ ।

मिर्गौला रोग, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका बिरामीहरुलाई मासिक पाँच हजार रुपैयाँ जिवीकोपार्जन भत्ता दिने ब्यबस्था गर्न जनसम्पर्क समिति दुबई विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।

ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादी चरित्र प्रस्तुत गरिरहेको र मनपरी तरिकाले अगाडी बढेकाले यो सरकारको विकल्प खोज्नु परेको विज्ञप्तीमा जनाईएको छ । ओली सरकारले कर र महंगी बढाएर जनताको ढाड सेक्ने काम गरेको विज्ञप्तीमार्फत संघले आरोप लगाएको छ ।

नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेको छ ।