समाचार

फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्धामा वारदात पश्चात फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पर्सा जिराभवानीका ६५ बर्षीय बालकृष्ण चौधरीलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेको हो ।

बुधबार ३ बजेको समयमा निज प्रतिवादी आफ्नै गाँउ घरमा लुकी छिपी बसी रहेको अबस्थामा फेला परका छन् । जिल्ला अदालतको आदेशअनुसारको फैसला कार्यान्वयनको लागी म्याद लिई थप अनुसन्धान भैरहेको छ ।