लुम्बिनी

पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

पाल्पा । तानसेन नगरपालिकाले पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न पाँच लाख बजेट छुट्याएको छ ।

नेपाल पत्रकार महासंघसँग समन्वय गरी हरेक पाँच वर्षमा पुरस्कार वितरण गरिने महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए। ठूलो राशिको पत्रकारिकता पुरस्कार स्थापनाले पत्रकारिकता क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने छ । हरेक पाँच वर्षमा वितरण गरिने पृष्पलाल स्मृति पत्रकारिता पुरस्कारको राशी रु तीन लाख हुने बताइएको छ । चालू आव २०७५/७६ को बजेट तथा कार्यक्रममार्फत पत्रकारहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालय तथा पूर्वाधार निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको महासंघका कोषाध्यक्ष मिलन विकले बताए ।