समाचार

चितुवाको छालासहित ३ जनालाइ हतकडी

काठमाडौं । चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । प्रदेश नं. ४ स्थित कास्की पाखराकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रिय अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा २५ बर्षीय झलक छन्त्याल, २३ बर्षीय देबेन्द्र रसाईली, र २३ बर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । उनीहरुको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।