समाचार

७५३ वटै स्थानीय तहलाई प्रेरणा दिनेगरी यसरी बनाउदैछन् मेयर चिरीबाबुले फोहोरमुक्त ललितपुर महानगर !

ललितपुर । ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै उनले भने, “हामीले आधुनिक तरिकाले र दीर्घकालीनरुपमा फोहरमैला व्यवस्थापनको योजना बनाएका छौँ ।”

महानगरपालिकाले आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । नगरप्रमुख महर्जनले जोड दिए, “हामीले प्लाष्टिकको झोलाको साटोमा कागज र कपडाको झोलालाई प्राथमिकता दिएका छौं ।” महानगरपालिकाले फोहरमैलाको संकलनसँगै वर्गीकरण र ढुवानीमा समेत अध्ययन गरिरहेको छ । दीर्घकालीन फोहर व्यवस्थापनका लागि अन्तिम निष्काशन स्थानको व्यवस्थापनमा महानगर लागेको छ । फोहरमैलाको वर्गीकरण गरे पनि प्राङ्गारिक फोहरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । पुनः प्रशोधन र पुनः प्रयोग गर्न सकिने फोहरका बिषयमा छलफल भइरहेको उनले जानकारी दिए।

फोहरमैलाको व्यवस्थापनमा नागरिक समाज र विभिन्न संघ–संस्थासँग समेतलाई सहकार्यकार्यका लागि पहल गर्ने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाको साबिकको गाविस क्षेत्रमा भन्दा नगरको भित्री भागमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहको छ ।