खेलकुद

नेदरल्याण्डद्वारा नेपालसामु १९० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय एकदवसीय खेल खेलिरहेको नेपालालई नेदरल्याण्डले १९० रनको लक्ष्य दिएको छ ।

नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७।४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाउन सक्यो ।

नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिए पनि अन्य ब्याट्स म्यानले खासै प्रदर्शन गर्न सकेनन् ।

नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रनमात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक÷एक विकेट लिए । १९० रनको विजयी लक्ष्यसाथ मैदान उत्रेको नेपालले ७ ओभर खेल सकिँदा बिना विकेट ३५ रन बनाएको छ ।