बाग्मती

एशिया प्रशान्त नगर सम्मेलनमा भाग लिन जापानतर्फ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य जापानमा हुने १२ औंँ एशिया प्रशान्त नगर सम्मेलनमा आजदेखि सहभागी हुदैछन् ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम, एशिया प्रशान्त क्षेत्रीय कार्यालय र फुकुओवा नगरले फुकुओकामा शुक्रबारसम्म संयुक्त रुपमा आयोजना हुने सम्मेलन ‘दिगो सहर र समुदाय’ विषयमा केन्द्रित हुनेछ । सम्मेलनमा ४० बढी नगरप्रमुखसँगै विश्व बैङ्क, एशिया विकास बैङ्क, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगलगायत संस्थाको सहभागिता छ ।

प्रमुख शाक्यले सम्मेलनमा जानुअघि अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै विश्व समुदायको आधुनिक विकासबाट नेपालजस्तो विकासोन्मुख देशले कसरी समृद्धि हासिल गर्न सक्छन् भन्ने विषयमा जानकारी लिन सम्मेलनको ठूलो सहयोग पुग्ने धारणा राखे । फुकुओमा शहरकै प्रस्तावमा सन् १९९४ देखि शुरु भएको सो सञ्जालमा अहिले दक्षिण एशियाली १३ देशमा ३० नगर सदस्य छन् । सञ्जाललाई नगरप्रमुखहरुको आपसी सीप र हितको आदानप्रदान तथा प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय थलोका रुपमा प्रयोग गर्ने गरिएको छ ।