समाचार

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघ केन्द्रीय समितिको आज बसेको बैठकले पछिल्ला दिनमा प्रकाशित/प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यममाथि कानूनी कारबाही बढेकाले त्यस्तो कामकारबाही रोक्न माग गरेको छ ।

बैठकले महासंघको गण्डकी प्रदेश समितिले एक संस्थासँग सहयोग माग गरी दिएको निवेदनमाथि आफूखुसी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको प्रतिष्ठामाथि गम्भीर क्षति पु¥याएको भन्दै आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहो¥याउन सचेत गराएको छ ।