पु.समाचार

प्रधानन्यायाधीश जोशीबारे आजपनि समिति अनिर्णित, कांग्रेस र नेकपा क्रमशः जोशीको पक्ष र विपक्षमा

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने बारे संसदीय बिशेष सुनुवाई समिति बुधबार पनि अनिर्णित बनेको छ । कुनै निर्णय गर्न नसकेपछि बैठक शुक्रबारसम्मका लागि स्थागित भएको हो । बैठक शुक्रबार १० बजे बस्ने बताईएको छ ।

पटकपटक स्थगित हुदैँ आएको सुनुवाई समितिको बैठक आज केही ढिला गरि सुरु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसांसद कृष्ण कुमार जोशीको निधनमा शोकमा बैठक स्थागित गर्न माग गर्दै बैठक स्थागित नगरे बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी जोशीलाई प्रधानन्यायाधीश नबनाउने पक्षमा रहेको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस लगायत दल जोशीलाई प्रधानन्यायाधीश बनाउनुपर्नेमा जोड दिदैँ आएका छन् ।